काठमाडौं, १७ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ। विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको हो। मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटघाटमा सचिवालय बैठक बस्ने समझारी भए अनुसार आज बैठक बसेको हो।
प्रतिक्रिया दिनुहोस्