ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभाका सबै मतपेटिका सदरमुकामा संकलन


admin
१२ मंसिर २०७४, मंगलबार   ३ : १९   बजे

संखुवासभा, १२ मंसिर । पूर्वी पहाडी जिल्ला संखुवासभा जिल्लाको सबै मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन गर्ने कार्य सकिएको छ ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते सम्पन्न संघीय प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको जिल्लाभरिको मतपेटिका सदरमुकाममा संकलन गरिएको हो । जिल्लाको विकट दुर्गम क्षेत्र मानिने किमाथाङ्का, थुदाम, रिदाक, हटिया, चेपुवा, हुङगुङ र च्याम्ताङ लगायतका मतदान केन्द्रहरुको मतपेटिका सोमबार नै हेलिकपटर मार्फत ल्याउने प्रयास गरिएपनि मौसम खराब भएका कारण स्थगित भएका थिए ।

उक्त क्षेत्रको मतपेटिका हेलिकप्टर मार्फत मंगलबार बिहान सदरमुकाम खाँदबारी ल्याइएपछि जिल्लाभरका मतपेटिका संकलन कार्य सकिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए । उनको अनुसार, विकट दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइएको हो । सुरक्षा चुनौती देखिएका भोटखोला गाउँपालिकामा रहेका किमाथाङका, थुदाम, रिदाक, हटिया, चेपुवा, हुङगुङ्र, च्याम्ताङ र सिलिचोङ गाउँपालिकामा रहेको खेम्पालुङ आधारभूत विद्यालय, गङथाला केन्द्र र मकालु गाउँपालिकामा रहेको दिपज्योती आधारभूत विद्यालय केन्द्र याफूको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइएको बताए ।

संखुवासभामा १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्र रहेको छ । ति सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको र मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ । मतपेटिका र अन्य सामग्रीहरु सीसी क्यामराको निगरानीमा राखिएको छ ।

सुरक्षा जिम्मा सशस्त्र, नेपाल प्रहरीलाई, राजनितिक दलका कार्यकर्ताहले पनि निगरानी गर्ने
मतगणना नहुँदासम्म मतपेटिकालगायतका सामग्रीको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्ने निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृत राउतले प्रहरीसँगै राजनीतिक दलका प्रतिनिधिहरुपनि सँगै रहने व्यवस्था मिलाइएको जानकारी दिए । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा संखुवासभामा ६५ प्रतिशत मत खसेको थियो । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा ६९ हजार १ सय जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार बसेको मुख्य निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकायसहितको सर्वपक्षीय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिका छुट्टा–छुट्टै स्थानमा राख्ने निर्णय गरेको थियो ।

उच्च सुरक्षा सतर्कताका साथ मतपेटिकालाई राख्ने र मंसिर २१ गते बेलुका ५ बजेपछि मतगनणा सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group