ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनपछि दक्षिणपूर्वी एसियामा पहिलो कोरोना संक्रमित देखिएको मुलुक नेपाल : नेपाल भुटानपछि राम्रो स्थितिमा


एबीसी न्यूज
१८ बैशाख २०७७, बिहिबार   ८ : ४५   बजे

काठमाडौँ, १८ वैशाख । कोरोना भाइरस संक्रमणको अवस्थामा नेपाल दक्षिणपूर्वी एसियामा भुटानपछि राम्रो स्थितिमा रहेको छ । यो स्थितिलाई सुधार गर्न नेपालले अझै सजगता अपनाउनुका साथै संक्रमणको निगरानी र परीक्षण वृद्धि गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

हालसम्म भुटानमा सात र नेपालमा ५७ जना कोरोना संक्रमित देखिएका छन् । दक्षिणपूर्वी एसियामा संक्रमणबाट कसैको मृत्यु नभएका मुलुकमा नेपाल, भुटान, माल्दिभ्स र पूर्वी टिमोर छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यस क्षेत्रमा नेपाल र भुटानमा मात्र ‘स्पोरेडिक केस’ देखिएको उल्लेख गरेको छ । स्पोरेडिक केसलाई डब्लूएचओले ‘आयातीत वा स्थानीय रूपमा पत्ता लागेको एक वा बढी केस’ का रूपमा परिभाषित गरेको छ ।

हाल विश्वभर ५९ मुलुकमा मात्र ‘स्पोरेडिक केस’ देखिएको छ । यो संक्रमणले मृत्यु भएका मुलुकको संख्या १ सय ७३ पुगिसकेको छ । विज्ञहरू नेपालमा संक्रमणको जोखिम अझै टरिनसकेको बताउँछन् । ‘चीनपछि दक्षिणपूर्वी एसियामा पहिलो कोभिड–१९ संक्रमित देखिएको मुलुक नेपाल हो । अहिलेसम्म यहाँ धेरै केस नदेखिनु सकारात्मक छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो , ‘हामी संक्रमणको दोस्रो चरणमा छौं । हामीकहाँ अझै कुन व्यक्ति कोबाट संक्रमित भइरहेका छन् भनेर पहिचान हुन आवश्यक छ ।’ डा. अधिकारीका अनुसार एक करोडभन्दा बढी जनसंख्या भएका मुलुकमा कोभिड–१९ ले मृत्यु नभएको नेपाल मात्र हो । दक्षिणपूर्वी एसियामा कोभिड–१९ परीक्षणका लागि प्रति १० लाख जनसंख्यामा नेपालभन्दा बढी पीसीआर परीक्षण गर्ने माल्दिभ्स र भुटान मात्र हुन् । डा. अधिकारीले मुलुकभरि निगरानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

‘जुन ठाउँमा केस भेटिएको छ त्यही वरिपरि थप निगरानी गर्नुपर्छ,’ डा. अधिकारीले भन्नुभयो । मुलुकमै सबैभन्दा बढी ३१ जना कोभिड–१९ संक्रमित रहेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट एवं जोन हपकिन्स विश्वविद्यालय अमेरिकाबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी डा. संगीता मिश्रले परीक्षण संख्या बढाएर सक्रिय ट्रेसिङ (खोज) गर्नुपर्नेमा जोड दिनुभयो । विदेशबाट आएका सबैलाई ‘होम क्वारेन्टाइन’ मा राखेर भए पनि स्थानीय सरकारले निगरानी गर्नुपनेृ ।

‘छुट्टै कोठा भएकाहरूका लागि एउटा थर्मामिटर दिएर घरमै क्वारेन्टाइनमा ३० दिनसम्म राख्नु हालका लागि उपयुक्त हुन्छ,’ उहाले भन्नुभयो ‘कोठा नभएकाहरूलाई भने नजिकै स्थानीय स्कुलमा राखेर निजले आफैंसँग ल्याएका ओढ्ने ओछ्याउने र घरबाटै आउने खाना खाने गरी बस्ने व्यवस्था मिलाउनुपर्छ ।’ यस्तै बाहिरबाट आउने सबैलाई एक महिनासम्म क्वारेन्टाइनमा राख्नुपर्ने उहाले बताउनुभयो ।

डब्लूएचओले संक्रमण भएको १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भने पनि नेपालमा महिना दिन कटिसकेकाहरूमा संक्रमण देखिएको छ । बेलैमा लकडाउन गरिएकाले नेपाल हालसम्म समुदाय स्तरमा संक्रमण हुनबाट जोगिएको छ । तर लकडाउन खुकुलो पार्दा वा हटाउँदा आम व्यक्तिले सुरक्षाको उपाय नअपनाएर पहिले जस्तै व्यवहार गर्न खोज्दा मुलुक पुन : संक्रमणको भुमरीमा फस्न सक्ने विज्ञहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu