काठमाडौं। १८ बैशाख । कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई पुन महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ ।
उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताउनुभयो ।अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्