ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले अब कोरोनाको कारण रोजगारी गुमाएकाहरुलाई सित्तैमा राहत नदिने


एबीसी न्यूज
१८ बैशाख २०७७, बिहिबार   ५ : २२   बजे

काठमाडौं, १८ वैशाख । सरकारले अब कोरोनाको कारण रोजगारी गुमाएकाहरुलाई सित्तैमा राहत नदिने भएको छ । सरकारले राहत लिनको लागि सरकारी काम गर्नुपर्ने व्यवस्था सहितको कार्यविधि वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि यस्तो व्यवस्था लागूभएको हो ।

अर्थ मन्त्रालयले बनाएको कार्यविधि अनुसार दैनिक ज्याला मजदूरी गर्ने श्रमिकले आफ्नो काम गुमेको जानकारी र आफु कामको लागि इच्छुक भएको कुरा पालिका थाहा पाउनुपर्नेछ ।

पालिकाले त्यस्ता परिवारको पहिचान गर्ने रोजगार केन्द्रमा उनीहरुको नाम सुचिकृत गर्नेछ । पालिकाहरुले नै ज्याला निर्धारण गर्नेछन् । श्रमिकहरुलाई पालिका, प्रदेश या संघीय सरकारका काममा लगाइने र उनीहरुलाई ज्याला दिइने कार्यविधिमा उल्लेख छ । यसो गर्दा श्रमिकले पैसा पनि पाउने र केही काम पनि हुने सरकारले जनाएको छ ।

काम नगर्नेहरुले भने काम गर्ने मजदूरले पाउने ज्यालाको २५ प्रतिशत रकम बराबरको मात्रै राहत दिइने कार्यविधिमा उल्लेख छ ।

यसरी ज्यालामा लगाएर दिइने रकम प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना र कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट समेत प्रयोग गर्न सकिनेछ ।

परिवारको कुनै पनि सदस्य स्वरोजगारमा नभएको, औपचारिक क्षेत्रमा संलग्न नभएको अन्य आय आर्जन नभएको परिवारले मात्रै काम र राहत पाउनेछन्, गलत घोषणा गरी काम र राहत लिएको पाइएमा फिर्ता गर्न लगाइने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि अनुसार गैर सरकारी संस्थाले पनि अब पालिकाहरुसँग समन्वय गरेर उनीहरुको अनुमति र तोकिएको क्षेत्रमा मात्रै राहत दिन पाउनेछन् ।

औपचारिक क्षेत्रका मजदूरले वैशाख महिनाको तलब न्यूनतम ५० प्रतिशत पाउनुपर्ने

कोरोनाको प्रभाव परे पनि औपचारिक क्षेत्रका मजदूरले वैशाख महिनाको तलवको न्यूनतम ५० प्रतिशत रकम पाउनैपर्ने सरकारले जनाएको छ । बाँकी ५० प्रतिशत तलब व्यवसाय सञ्चालन भएपछि पाउनेछन् ।

श्रमिकलाई तलब खुवाउन बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा औपचारिक क्षेत्रलाई कर्जा दिने र त्यसको पुनस्कर्जा उपलब्ध हुनेछ । ठूला उद्योग प्रतिष्ठानले बैंकबाट सरल धितो राखेर कर्जा पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu