काठमाडौं, १८ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।रोल्पाको त्रिवेणी गाउँपालिका(७ गैरीगाउँमा बम विस्फोटमा परी मृत्यु हुने चारै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा त्रिवेणी गापा ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र सोही गापा ४ का १३ वर्षीय गौरव नेपाली रहेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्