काठमाडौं, २० बैशाख । नेकपा सचिवालय बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । १७ वैशाखमा स्थगित भएको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । सचिवालय बैठकका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार र वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको थियो । पछिल्लो समयमा नेकपा भित्र देखिएको विवादपछि वस्ने आजको सचिवालय बैठकलाई चासोपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्