काठमाडौं, २० वैशाख । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ। केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरू भएको हो।
आजको सचिवालय बैठकलाई नेकपाभित्र र बाहिर निकै महत्वका साथ हेरिएको छ। सरकारले ल्याएका दुईवटा अध्यादेशपछि नेकपाभित्र चुलिएको विवाद अहिले उत्कर्षमा पुगेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्