ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रिन जोनको लकडाउन हटाउने तयारी, सीमानाका र अन्तराष्ट्रिय उडान साउन मसान्तसम्म बन्द गर्न प्रस्ताव


एबीसी न्यूज
२१ बैशाख २०७७, आइतबार   ११ : ३९   बजे

काठमाडौं, २१ बैशाख । सरकारले जारी लकडाउनलाई थप व्यवस्थित गर्दै जोखिम कम भएको क्षेत्रमा खुकुलो पार्ने गरी रणनीति तयार पारेको छ । लकडाउन खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले ‘कोभिड–१९ बहिर्गमन’ रणनीति तयार पारेको हो ।
कोरोनाको सम्भावित महामारी कम गर्न ४१ दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको अवस्थालाई मध्यजनर गर्दै सरकारले लकडाउनको स्वरुप फर्ने गरी कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको कार्ययोजनामा लकडाउनका कारण मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गरिएको छ ।

उक्त रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोहीअनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि यहि २५ गते सकिदैछ । जसलाई मध्यजनर गर्दै अब लकडाउनको स्वरुप फेर्ने तयारी सरकारले गरेको छ । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेंलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन)मा विभाजन गरिनेछ ।

विभाजन गरिएपछि संक्रमण नियन्त्रणमा रहेको क्षेत्रलाई ग्रिन जोनमा राखिनेछ र ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिनेछ । यस्तै संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ । संक्रमण नियन्त्रण बाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषिबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिनेछ ।

कार्ययोजना अनुसार लामो समयसम्म लकडाउन जारी राखिने रेड जोनमा अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने तथा राहत आवश्यक पर्ने परिवारका लागि राहत दिने व्यवस्था सरकारले मिलाउनेछ । २५ वैशाखपछि जोनअनुसार गर्नेबारे सरकारले छलफल जारी राखेको छ ।

वैशाख २५ गतेपछि लकडाउन खुकुलो पार्ने तयारी गरिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय उडान र सीमानाका अझै साढे तीन महिनासम्म बन्द राख्न सुझाव दिने तयारी गरेको छ ।

लकडाउन डेढ माहिनातिर लम्किँदै गर्दा यसका सम्भावित विकल्पबारे मन्त्रालयले छलफल सुरु गरेको हो । मुख्यसचिव नेतृत्वको कोभिड(१९ निर्देशक समितिले लकडाउनको मोडालिटीबारे खाका प्रस्तुत गर्न निर्देशन दिएपछि मन्त्रालयले विज्ञहरुसँग छलफल गरी सीमानाका र अन्तराष्ट्रिय उडान साउन मसान्तसम्म बन्द गर्न प्रस्तावसहितको सुझाव तयार पारेको हो ।

लकडाउनसम्बन्धी राष्ट्रिय रणनीतिलाई सूचित गर्न बनेको स्वास्थ्य क्षेत्रको स्थितिपत्र पहिलो मस्यौदामा अन्तर्राष्ट्रिय उडान र सीमानाका साउन मसान्तसम्म बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu