ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर ३५ लाख ६५ हजार बढी कोरोना संक्रमित, ११ लाख ५४ हजार निको (कहाँ कति सूचिसहित)


एबीसी न्यूज
२२ बैशाख २०७७, सोमबार   ७ : ३८   बजे

काठमाडौं, २२ वैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ४८ हजार २४५ पुगेको छ । संक्रमित मध्ये ११ लाख ५४ हजार उपचार पछि घरफिर्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ४३१ जनाको मृत्यु भएको छ भने ८० हजार ८९७ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३५ लाख ६५ हजार २६९ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४० हजार ६०३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७५ हजार १२२ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ६०४, दक्षिण अमेरिकी मुलुकहरुमा १० हजार ८३५ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८०० र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर छ। यसैगरी साढे ११ लाख बढी मानिस निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group