ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा दलका नेताहरु गालीगलौजमा


admin
१३ मंसिर २०७४, बुधबार   ११ : ३९   बजे

पोखरा, १३ मंसिर । पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा दलका नेताहरु आपसी गालीगलौजमा उत्रिएका छन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रबाट बनेको वाम गठबन्धन र नेपाली काँग्रेस र राप्रपाबाट बनेको लोकतान्त्रिक मोर्चाका नेता यतिबेला एकले अर्कोलाई गाली गर्ने र आफू मात्रै ठीक भनी मतदातासँग भोट मागिरहेका छन् ।

कुनै ठाउँमा एक मोर्चाले चुनावीसभा ग¥यो भने भोलिपल्टै अर्को मोर्चाले त्यसै ठाउँमा गरिहाल्ने, अघिल्लो दिनमा दलका नेताले लगाएको दोष मेट्न त्यसको खण्डन गर्ने प्रवृत्ति बढेको देखिन्छ ।

विशेषगरी वाम गठबन्धनले निर्वाचनमा गठबन्धनको दुई तिहाइ मत आउने, निर्वाचनपछि नेपाली काँग्रेसको सरकार हट्ने र पुस महिनादेखि वाम गठबन्धनको बहुमतको स्थीर सरकार बन्ने र पाँच वर्षसम्म एउटै सरकारले शासन गर्ने भनेर दाबी गर्दै गठबन्धनका नेता तथा उम्मेदवारले भाषण गर्दै हिँडेका छन् ।

चुनावपछि एमाले र माओवादीबीच पार्टी एकता हुने, ५० वर्षसम्म कम्युनिष्टले शासन गर्ने, सुकुम्बासी समस्या, आर्थिक समृद्धि र विकास, वृद्धवृद्धालाई पाँच÷पाँच हजार भत्ता पु¥याउने, केरुङ–काठमाडौँ–पोखरा हुँदै लुम्बिनीसम्म रेल कुदाउने, कोही भोका नांगा बस्न नपर्ने, रोजगारीका अवसर सिर्जना गरेर विदेशिने युवाको संख्या घटाउनेजस्ता आश्वासन दिएका छन् ।

उता लोकतान्त्रिक मोर्चाको नेतृत्व गरेको काँग्रेसले वाम गठबन्धनका नेताका अभिव्यक्तिलाई आपत्तिजनक ठहराउँदै त्यसको खण्डन गरेको देखिन्छ ।

कम्युनिष्ट शासन आए देशमा अनिष्ट हुने, एकदलीय, राष्ट्रपतीय शासन प्रणाली र अधिनायकवाद लाद्नेजस्ता आरोप लोकतान्त्रिक मोर्चाका नेताको छ ।

कम्युनिष्ट शासनले देशको आर्थिक विकास र समृद्धि हुन नदिने, जनता आफूले लागेको बोल्न र रुन पनि नपाउने भन्दै नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चा नेताले मात्रै लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र आर्थिक समृद्धि सम्भव भएको जिकिर गरेका छन् ।

नेपाली जनताले कम्युनिष्ट शासन प्रणाली नचाहेको भन्दै लोकतान्त्रिक मोर्चाका नेताले नेपाली काँग्रेस पक्षधर मोर्चाको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

मंसिर १० गते भएको निर्वाचनमा ३२ जिल्लाका दल र उम्मेदवारको भविष्य अहिले सुरक्षाकर्मीको कडा सुरक्षाका साथ राखिएको मतपेटिकाभित्र छ । मंसिर २१ गते अधिराज्यका ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने र सोही दिनको साँझबाट राजनीतिक दल र उम्मेदवारको भविष्यको पैmसला जनताले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian Orthodox Leader Condemns Ukrainian Drone Strike on Church

Navy Son’s Return Delayed As Father Detained By Border Patrol

China’s Foreign Minister Meets With Jordanian Counterpart During Royal Visit

Retired U.S. Teacher Reconnects with Chinese Friend After Decades, Revives Desert Greening Effort

Two Children Killed in Drone Strike on Russian Childcare Center

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu