ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरामीमैत्री कोरोना अस्पतालको ‘आइसोलेशन’


एबीसी न्यूज
२६ बैशाख २०७७, शुक्रबार   ७ : ५९   बजे

काठमाडौं, २४ बैशाख । कोभिड–१९ सङ्क्रमितलाई उपचार गर्नका लागि खजुरामा बनाइएको आइसोलेशन बिरामीमैत्री देखिएका छन् । सरकारी मापदण्डानुसारकै साधनस्रोतसहित निर्माण गरिएका आइसोलेशन उपचारका लागि उपयुक्त छन् ।

कोरोना अस्पतालमा सरकारी मापदण्डानुसार नै बिरामीका लागि भोजन र आवाससहित अन्य मनोरञ्जनका साधनको समेत व्यवस्थापन गरिएको छ । आइसोलेशन शतप्रतिशत मापदण्डमा नभए पनि बिरामीका लागि सहज हुने गरी सेवामुखी रहेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको आइसोलेशन अस्पतालका समेत प्रमुख रहनुभएका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाशबहादुर थापा बताउनुहुन्छ ।

आइसोलेशनमा रहेका सबै बिरामीका लागि सरकारले तोकेअनुसारकै सेवासुविधा शतप्रतिशत नभए पनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको उहाँको भनाइ छ । बिरामीका लागि आवश्यक सबै सेवा प्रदान गरिए पनि यहाँ उत्पादन हुने फोहोर विसर्जनमा भने निकै समस्या देखिएको छ । यसका लागि गाउँपालिकासँग पटकपटक छलफल भइरहेको भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्मा बताउनुहुन्छ ।

अस्पतालमा रहेका संक्रमितमा एकै परिवारका बाबुछोरीलाई एकै ठाउँमा राखिएको, उनीहरूको माग र आवश्यकतानुसार सामग्री, खानपान र समय बिताउनका लागि विभिन्न साधन उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार उपचारमा रहेका बिरामीको अवस्था सामान्य छ । आइसोलेशनमा राखिएका बिरामीमध्ये एक गर्भवती छिन् ।

संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्यसमेत छन् । त्यसअघि सात वर्षीयासँगै उनकी आमालाई समेत संक्रमण देखिएको भेरी अस्पतालले बताएको छ । आमा पनि पोजेटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएकाले पनि यहाँको व्यवस्थापन राम्रो देखिएको मुस्लिम आयोगद्वारा गठित जिल्लास्थित अनुगमन समितिका सदस्य मो अब्दुल कविले बताउनुभयो । उहाँहरुले अस्पतालको आइसोलेशनमा रहेका सबै बिरामीको अवस्थामा सामान्य रहेको बुझिएको बताउनुभयो ।

जिल्लास्तरीय अनुगमन समितिले यसअघि सरोकार पक्षसँग भेटघाट गरी नेगेटिभ आएकाहरुलाई रोजा बस्न घरमै सेल्फ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको थियो । ‘चिकित्सकहरुको सुझावका आधारमा सबै जना घरमै क्वारेन्टाइनमा बस्नुहुनेछ,’ अनुगमन समितिका सदस्य शाहिदा बानो शाहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu