ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना परिस्थितिको विश्लेषण गर्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा विपक्षी दलका नेताको जोड


एबीसी न्यूज
२६ बैशाख २०७७, शुक्रबार   ८ : ००   बजे


काठमाडौं, २४ बैशाख । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आज शुरु भएको छैटौँ अधिवेशन प्रारम्भका अवसरमा उहाँले कोरोनाविरुद्ध हालसम्म भएका प्रयासको गम्भीर समीक्षा गर्दै विशेष रणनीति बनाएर त्यसलाई कार्यान्वयन गर्न गराउन संसद् चुक्न नहुने बताउनुभयो ।

कोभिड–१९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबैको आत्माको चिरशान्तिको कामना गर्नुभयो ।

उहाँले कोरोनासङ्क्रमित भई उपचाररत नेपालभित्रका सबै नेपाली र विभिन्न देशमा रहेका तीन हजारभन्दा बढी नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पर्याप्त स्वास्थ सामग्री अभावका बाबजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहनुभएका सबै स्वास्थकर्मीप्रति सम्मान प्रकट गर्नुभयो । उहाँले अहोरात्र आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी एवं सफाइका क्षेत्रमा निरन्तर काम गरिरहेका सबैको प्रशंसा गर्नुभयो । कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिमा धैर्यपूर्वक त्यसको सामना गरिरहनुभएका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको पनि प्रशंसा गर्दै उहाँले संयम र एकताका साथ महाव्याधिको सामना गर्न संसद्मार्फत अपिल गर्नुभयो ।

प्रतिपक्षको सहयोग र खबरदारी

कोरोनाको यो सङ्कटका बेला ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्य गरिरहेको, आफ्नो पार्टीका सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड –१९ को नियन्त्रण र निर्मूल गर्न आआफ्नोतर्फबाट निरन्तर कार्य गर्न आह्वान गरेको जानकारी दिँदै विपक्षी दलका नेता देउवाले कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न सरकारलाई हरसम्भव सघाउने तर बेथितिविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले ‘लकडाउन’ का कारण श्रमिक, बेरोजगार र विद्यार्थी समस्यामा परेका बताउँदै कोरानाले रोजगारी गुमेका र राज्यबाट सहजरुपमा राहत पाउनुपर्नेलाई सघाउन आग्रह गर्नुभयो । श्रमिक, बेरोजगार, कृषक, डेरामा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायीसहित प्रभावित सबैलाई बृहत् सहायताको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

सुकुम्बासी आयोग गठन, स्वास्थ्य सामग्री अभाव र त्यसको खरीदमा अनियमितता भएको भन्नेबारे सरकारको ध्यानाकर्षण गराउँदै उहाँले अनियमितता आरोप लागेकालाई पदमुक्त गरेर अनुसन्धानमा सघाउन र कडा कारवाही गर्न माग पनि गर्नुभयो ।

आगामी आवश्यक सचेतना, अत्यावश्यक स्वास्थ सामग्री, अनिवार्य उपचार, विविध क्षेत्रमा पर्याप्त राहत एवं विदेशमा अप्ठ्यारोमा रहेकाको उद्धार र पुनव्र्यवस्थापनमा अबको बजेट केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “आज शुरु भएको प्रतिनिधिसभाको यो बैठकले कोरोनामाथि विजय हासिल गर्न आवश्यक पर्ने सबै अत्यावश्यक कदमका बारे मार्गदर्शन गर्न र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न गराउन सक्नेछ”, नेता देउवाले मन्तव्य टुङ्ग्याउँदै भन्नुभयो ।
(((

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group