ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघ्यो, २ लाख ७५ हजारभन्दा धेरैको मृत्यु (कहाँ कति प्रभावित सूचिसहित)


एबीसी न्यूज
२७ बैशाख २०७७, शनिबार   ७ : १५   बजे

 

काठमाडौं, २७ बैशाख ।   विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २३ लाख ५२ हजारमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ ।

कोरोनाका कारण अहिलेसम्म २ लाख ७५ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न देशमा गरि साढे ५ हजार ५ सय ३४ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमित र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् ।

अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी कैटी मिलरलाई पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

यसअघि शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीलाई पनि कोरोना भएको पाइएको थियो । ह्वाइटहाउसले अहिले दैनिक राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको कोरोना परीक्षण गरिरहेको तथा ट्रम्पलाई सुरक्षित राख्न आवश्यक सावधानी अपनाइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group