ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा हिन्दु पुजारीबाट शान्तिपाठ गर्न लगाए


एबीसी न्यूज
२७ बैशाख २०७७, शनिबार   ७ : ३७   बजे


अमेरिका, २६ बैशाख । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा कोरोना भाइरस महामारीबाट बच्न शान्ति पाठ लगाइएको छ।

वैदिक परम्पराअनुसार हिन्दु पण्डितले ह्वाइट हाउसको रोज गार्डेनमा शान्ति पाठ गरिदिएका हुन्। राष्ट्रिय प्रार्थना दिवसका अवसरमा लगाइएको शान्ति पाठमा कोरोना भाइरसबाट प्रभावितहरुको स्वास्थ्य, सुरक्षा र सहज जीवनयापनका लागि प्रार्थना गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पले न्यूजर्सीस्थित स्वामीनारायण मन्दिरका पण्डित हरिश ब्रह्मभट्टलाई शान्तिपूजाका लागि ह्वाइटहाउमा निमन्त्रणा गरेका थिए। शान्तिपूजा सम्पन्‍न भएपछि ट्रम्पले पण्डितलाई धन्यवाद दिँदै अहिले अमेरिका कोरोनाविरुद्ध भयंकर लडाइँमा व्यस्त रहेको बताए।

‘यो ऐतिहासिक संकटका बेला विश्वासको आशिर्वाद, प्रार्थनाको शक्ति र ईश्वरको अनन्त महिमाबाट हाम्रा नागरिकले विश्वासको उपहार पाएका छन्, जुन चाहना हामीले राख्दै आएका थियौं,’ ट्रम्पले भने, ‘म हरेक अमेरिकी नागरिकलाई आफ्नो हृदयदेखि नै आध्यात्मिक एकताका लागि आग्रह गर्छु, ईश्वरसँग साहस र आराम, आशा र उपचार एवं नवीनताका लागि कामना गर्दछु।’ उक्त शान्तिपूजामा अमेरिकी प्रथम महिला ९ट्रम्पकी श्रीमती० मेलियाना ट्रम्प पनि उपस्थित थिइन्।

सन् १८६३ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले उच्चस्तरमा एकजुट राष्ट्रिय आवाज सुनाउनका लागि अमेरिकीहरुलाई प्रार्थनाका लागि आग्रह गरेका थिए। सन् १९५२ पश्चात हरेक अमेरिकी राष्ट्रपतिले राष्ट्रिय प्रार्थना दिवसका अवसरमा प्राथर्नाका लागि उद्घोष गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu