ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिमको स्याँलाखदीमा दुई गाऊँका नागरिकहरु विच झडप हुँदा ८ जना घाइते


एबीसी न्यूज
२८ बैशाख २०७७, आइतबार   ४ : ०१   बजे


रुकुम, २८ बैशाख ।  रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३, स्याँलाखदीमा दुई गाउँका नागरिकहरु विच झडप हुँदा ८ जना घाइते भएका छन । सुन्तला पकेट क्षेत्रका लागी सिँचाई गर्ने पानी र आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको विषयलाई लिएर झडप भएको हो ।

घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको आठविसकोट नगर अस्पतालले जनाएको छ । गम्भीर घाइते हुनेमा स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्धार उठेका ४६ वर्षीय गोपाल बोहरा सहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन ।
गम्भिर घाईतेहरुलाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । उनिहरुलाई आज बिहान पाँच बजे नगर अस्पतालमा पु¥याइएको थियो भने ९ बजे रिफर गरिएको हो ।

यस्तै २८ वर्षीया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सामान्य घाइते भएका छन । यी घाइतेहरु तलिगाऊँका नागरिकहरु हुन । यस्तै माथिगाऊँका शशिराम बुढा पनि समान्य घाइते भएका छन । केही सामान्य घाइतेहरुको आठविसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।

रुकुम पश्चिममका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ठक बहादुर केसीले दुबै समूहको झडप भैरहेका बेला जनशक्ति अभावका कारण प्रहरीले तत्काल स्थिती नियन्त्रणमा लिन नसकेको स्विकार्नुभयो । वडा अध्यक्ष केशरमान विक र स्थानीय अमृत बोहरा हरियाली को समूहबीच झडप भएको उहाँले भनाई छ ।

सामान्य विबादमा झडप भएको भएपनि दूई समूहविच राजनितिक विषयलाई लिएर ठुलो समस्या उत्पन्न भएको प्रहरीको भनाई छ । यी दुई समूह विच पटक पटक विबाद हुँदै आएको छ ।

यसैबीच, हरियालीको समूहले योजनाबद्ध रुपमा माथिगाऊँका स्थानीयलाई आक्रमन गर्न खोजेपछी आफुहरु प्रतिकारमा उत्रिएको वडा अध्यक्ष विकले बताउनुभयो । तल्लो गाउँबाट उनिहरु हतियार सहित माथिल्लो गाउँमा प्रवेश गर्न थालेपछी जीवन रक्षाका लागी आफुहरु भाग्नुभन्दा प्रतिकारमा उत्रिएको उहाँको भनाई छ ।

यता, तल्लो गाउँको समूहले पनि पहिला माथिल्लो गाउँका नागरिकहरुले आफुहरु माथी आक्रमन गरेको बताएका छन । वडा अध्यक्ष विक लगाएत माथिल्लो गाऊँका नागरिकहरुले आफ्नो घरमै आएर कुटपिट गरेको उनिहरुक आरोप छ ।

प्रहरी श्रोतका अनुसार वडा अध्यक्ष विकको समूह भने सम्पर्क विहिन छ । उनिहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चर्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।  सबै गाऊँमा खोजी गर्दा पनि फेला नपरेको उहाँको भनाई छ । अहिले घटनास्थलमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी ठग बहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu