ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भारत प्रवुद्ध समूह प्रतिवेदन सार्वजनिकको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता (पत्रसहित)


एबीसी न्यूज
२९ बैशाख २०७७, सोमबार   ५ : १७   बजे

काठमाडौं, २९ बैशाख ।  भारत–चीनको लिफु भञ्ज्याङ्गलाई व्यापारिक मार्ग बनाउने भारत र तीनको सम्झौता रद्द गर्न निर्णायक वार्ता गर्न र नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिकको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले संकल्प प्रस्ताव दर्ता गर्नु भएको हो । संकल्प प्रस्तावमा संसदीय समितिको निर्देशनअनुसार सुगौली सन्धि १८१६ अनुसार नेपालको नक्सा प्रकाशन समेत सरकारलाई भन्नुपर्ने समेत माग गरिएको छ ।

नेपाल र भारतबीच भएका सहमति, सम्झौता र व्यवस्थापनको पुनरावलोकन गर्ने र बदलिँदो समयको आवश्यकताका आधारमा दुवै सरकारलाई सिफारिस गर्न २०७२ सालमा ईपीजी गठन गरेकोमा इपीजीले काम सकेको २ बर्ष भइसक्दा समेत अझै प्रतिववेदन नबुझाएकाले तत्काल प्रतिवेदन बुझाएर सार्वजनिक गर्न सरकारलाई निर्देशन दिन संकल्प प्रस्ताव पेश गरिएको छ ।

भारतले प्रतिवेदन बुझ्न अझै पनि ढिलाइ गरे प्रतिवेदन सक्दो छिटो नेपाल सरकारलाई बुझाउनुपर्ने र दुई देशका प्रधानमन्त्रीको निर्देशनमा बनेको त्यति महत्वपूर्ण ऐतिहासिक दस्तावेज यति लामो समयसम्म व्यक्तिको स्वामित्वमा रहन नहुने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा ईपीजीले प्रतिवेदन बुझाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu