ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद विकास कोष राख्ने कि फाल्ने ? सांसदकै हातमा : अर्थमन्त्री


ABC NEWS
३१ बैशाख २०७७, बुधबार   ७ : ५७   बजे

काठमाडौं ३१ वैशाख । अर्थमन्त्री डा .युवराज खतिवडाले ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका सम्बन्धमा संसदको एक मत आओस, त्यस हिसाबले आउने सुझावलाई सरकारले पालना गर्छ ।’ भन्दै सांसद विकास कोष राख्ने नराख्ने जिम्मा सांसदहरुकै हातमा रहेको बताएका छन् । मन्त्री खतिवडाले संसदमा भने तर, यस कार्यक्रमका सम्बन्धमा सबै सांसदको धारणा भने समान हुनुपर्ने अर्थमन्त्री डा। खतिवडाको शर्त छ ।

प्रिवजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै मन्त्री खतिवडाले भने ‘बजेटका सिद्धान्त र प्राथमिकता परम्परागत रहे भन्ने कुराहरु पनि आइराखेका छन’ भन्दै अर्थमन्त्री खतिवडाले भने, ‘बजेटमाथिको टिप्पणी पनि परम्परागतै भैराखेको छ । जहिले, जेसुकै ल्याए पनि बजेट परम्परागत भयो भन्ने परम्परा बसेको देखियो ।

‘आर्थिक वर्ष २०७७र०७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल पछि अर्थमन्त्रीले जबाफ दिएपछि प्रिबजेट छलफल सकिएको छ ।

मन्त्री खतिवडाले सांसदका सुझावहरु बजेटमा समेटिने विश्वास दिलाएका छन् , ‘सुझावहरुलाई ध्यानमा राखेको छु । बजेट निर्माणमा प्राथमिकतामा राख्नेछु । सुझावहरुलाई यथोचित स्वीकारेर नीति तथा कार्यक्रम र बजेटमा प्रतिविम्वित गर्ने हो ।’

मन्त्री खतिवडाले कोरोनाकै बीचमा पनि न्यूनतम आर्थिक क्रियाकलाप जारी नराख्ने हो भने त्यसले उत्पन्न गर्ने संकटको सामना गर्न नसकिने स्पष्ट पारेका छन् ।

मन्त्री खतिवडाले न्यूनतम आर्थिक क्रियाकलाप जारी राख्नकै लागि बजेटमा कोरोनाबाहेकका कार्यक्रमले समेत स्थान पाउने बताए ।

‘हामी रोग र भोक दुबैसँग लड्नु छ, आर्थिक क्रियाकलाप अगाडि बढाउनैपर्छ,’ मन्त्री खतिवडाले संसदमा भने ‘न्यूनतम आर्थिक क्रियाकलाप जारी नराखे, रोगबाट त बचिएला भोकबाट बचिन्न ।’

आगामी बजेटबाट केही आर्थिक क्षेत्र चलायमान बनाउनैपर्नेतर्फ अर्थमन्त्रीले स्ष्पष्ट गरेका छन् । खासगरी रोजगारी सिर्जना गर्ने र व्यक्तिलाई काम दिने आयोजनालाई बजेटले स्थान दिने मन्त्री खतिवडाले स्पष्ट गरे ।

बजेटका सिद्धान्तमाथिको छलफलमा भाग दिँदै सांसदहरुले आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका बलियो हुनुपर्ने माग गरेका थिए । यसमा भने आफ्नो समेत सहमति रहेको अर्थमन्त्री डा खतिवडाले स्पष्ट गरे ।
तर, सबै नागरिकलाई पैसा बाँड्ने वा तलव दिने भन्ने सिद्धान्तमा भने आफू सहमत हुन नसक्ने मन्त्रीको नीति छ ।

नागरिकलाई स्वतन्त्रता दिने हो भने काम दिएर त्यसका आधारमा पारिश्रमिक पाउने वातावरण बनाउनुपर्ने मन्त्री खतिवडाले बताए । राष्ट्रका स्रोत एकृीकत गरेर सबै स्रोत राज्यले मात्र प्रयोग गर्ने धारणासमेत संविधान विपरीत हुने संवैधानिक व्यवस्थातिर समेत सांसदहरुलाई हेक्का राख्न मन्त्री खतिवडाले सुझाव र चुनौति दिएका छन् ।

समाजवादी बजेट
मन्त्री खतिवडालो उनकै पार्टीका नेताहरुले उदारवादीका अनुयायी भनिरहेका बेला अर्थमन्त्री खतिवडाले आगामी बजेट समाजवादी सिद्धान्तका आधारमा त्यसलाई कार्यान्वयन गर्ने किसिमको आउने व्याख्या गरे । मन्त्री खतिवडाले भने, ‘समाजवादको बारेमा पनि प्रश्न उठेको छ । लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद हो, त्यसमा कुनै शंका छैन । तर, त्यो भनिरहँदाखेरि हामी सबै सामाजिक न्यायमा आधारित समृद्धिसहितको समाजवादको कुरा गर्दैछौं । यो कुरालाई हामीले बिर्सनु हुँदैन । यही कुरालाई आगामी बजेटले समेट्ने छ ।’

उनले थपे, ‘सिद्धान्तलाई व्यवहारमै उतार्ने किसिमका कार्यक्रम लिएर बजेट आउनेछ भन्ने माननीय सदस्यज्यूहरुलाई म अवगत गराउन चाहन्छु ।’

मन्त्री खतिवडाले बजेटप्रति संकेत गर्दै भने , ‘कुरा के हुन्छ भने नुहिने मान्छे नै राम्रो हुन्छ । अग्लो भएपछि निहुरिन्छ पनि । यसमा जुहारी खेल्नुभन्दा आफू निहुरिनु राम्रो हुन्छ ।
अर्थमन्त्री खतिवडाले जबाफ दिनु अघि केही बेर सत्तारुढ दलकै कतिपय सांसदहले बोल्न नपाएको भन्दै होहल्ला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group