ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीका दश स्थानीय तहको पूर्ण नतिजा


admin
२२ असार २०७४, बिहिबार   १० : ४७   बजे

 

इनरुवा, २२ असार । सुनसरीको दशवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । यहाँका १२ स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका गरी दश स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ ।

सार्वजनिक गरिएको दशवटा स्थानीय तहको मतपरिणामअनुसार दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका बेदनारायण गच्छदार र उपप्रमुखमा सुनिता दाहाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, रामधुनी नपामा नेकाका जयप्रकाश चौधरी प्रमुखमा र नेकपा (एमाले)की सविता चौधरी उपप्रमुखमा, इनरुवा नपामा नेकाका राजन मेहता प्रमुख र जमुनादेवी गौतम पोखरेल उपप्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी, बराह नगरपालिकामा एमालेका निलम खनाल प्रमुखमा र एमालेकै कमला मगर उपप्रमुखमा विजयी भएका छन् । भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव अध्यक्षमा र पुनमकुमारी मेहता उपाध्यक्षमा, बर्जु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी अध्यक्षमा र सङ्गीताकुमारी राय उपाध्यक्षमा, हरिनगरा गापामा नेकाका गफार अन्सारी मियाँ अध्यक्षमा र रिमझिमकुमारी भगत उपाध्यक्षमा र गढी गापामा नेपाली काँग्रेसका श्रीप्रसाद यादव अध्यक्षमा र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कोसी गाउँपालिकामा नेकाका ऐयुव अन्सारी अध्यक्षमा र अनितादेवी यादव उपाध्यक्षमा तथा देवानगन्ज गापामा नेकाका लालीप्रसाद मेहता अध्यक्षमा र पुनीतादेवी यादव उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस जिल्लामा सार्वजनिक भएको मतपरिणामअनुसार नेकाका दुई नगर प्रमुख र चार गाउँपालिका अध्यक्षमा विजयी भएका छन् भने एमाले एक नगर प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । नेकाले ६ स्थानमा र भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालको अध्यक्ष तथा बर्जु गाउँपालिकाको अध्यक्ष र दुहवी नगरपालिकामा प्रमुख नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विजयी भएका छन् ।

त्यसैगरी, बराह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)ले विजय हासिल गरेको छ । यहाँका ६ स्थानमा नेका, दुई स्थानमा नेपाल लोकतान्त्रिक फोरम, एक स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल र एक स्थानमा नेकपा (एमाले) अध्यक्ष र प्रमुख विजयी हुनुभएको छ ।

यसैबीच, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ । धरानमा दुई दिनदेखि मतणना अवरोध रहेको छ । उता प्रमुखको मतगणना सम्पन्न नभए पनि विभिन्न वडामा भने वडाध्यक्षको परिणाम आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu