काठमाडौं, २ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएकोछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान साढे ८ बजेबाट सुरु भएको हो । सरकारले आज दिउसो निती तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि तयारी र एजेण्डा तय गर्न बैठक बसेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्