काठमाडौं, २ जेठ । सरकारले विदेशबाट फर्किएका युवा तथा बेरोजगार शिक्षितलाई व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो । उहाले बेरोजगारलाई शुरुवाती पुँजी उपलब्ध गराउने बताउनुभयो ।
यसअघि पनि स्वरोजगारी सिर्जना तथा आयआर्जन विस्तारका लागि व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने उल्लेख गरिदैँ आएपनि कार्यान्वयन फितलो छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख गरेको उहाले बताउनुभयो । उक्त कार्यक्रमका लागि सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्