ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, एकैदिन १ सय ४ जनाको मृत्यु


एबीसी न्यूज
३ जेष्ठ २०७७, शनिबार   ६ : १५   बजे

काठमाडौं, ३ जेठ ।  नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन्। अन्तर्राष्ट्रिय उडान बन्द भए पनि खुला सीमा हुँदै प्रवेश गरेका व्यक्तिहरूमा संक्रमण फेला परेको छ। भारतसँग सीमा जोडिएका तराई जिल्लाहरूमा संक्रमित संख्या बढ्दै जानुको कारण यही हो।

यसले के देखाउँछ भने, जबसम्म भारतमा कोरोना महामारी साम्य हुँदैन, तबसम्म नेपालको जोखिम कम हुँदैन। यही अवस्था हेरेर भारतबाट सामूहिक रूपले वा लुकिछिपी प्रवेश गरेका व्यक्ति पहिचान गरेर कोरोना परीक्षण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। नेपालगन्ज लगायत सुदूरपश्चिम क्षेत्रमा यो परीक्षण सुरू भइसकेको छ।

अब प्रश्न उठ्छ, भारतमा कोरोना महामारीको पछिल्लो अवस्था कस्तो छ ?

नेपाल र भारतले लगभग सँगसँगै देशव्यापी लकडाउन सुरू गरेको हो। यसका बाबजुद भारतमा पछिल्लो समय दिनकै हजार–दुई हजारका दरले कोरोना संक्रमित बढ्दै गएको पाइन्छ।

कोरोना भाइरसका संक्रमितको संख्या चीनमा भन्दा भारतमा बढी भएका छन् । थप ३ हजार ७८७ जनामा संक्रमण देखिएसँगै भारतमा कुल संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ ।

उक्त संख्या चीनको भन्दा २ हजार ८५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ७५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १०४ जनाको मृत्यु भएको छ ।

५२ हजार ७९७ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म ३० हजार २३४ जना निको भएका छन् । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu