ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर प्रदेशमा दुइटा ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु, दर्जंनौँ घाइते


एबीसी न्यूज
३ जेष्ठ २०७७, शनिबार   ३ : २६   बजे

नयाँदिल्ली, ३ जेठ । भारतको उत्तर प्रदेशको ओरैया जिल्लामा शनिबार बिहान दुई वटा ट्रक एकापसमा ठोक्किँदा २४ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुको ओरैया र सैफाईका अस्पतालमा उपचार भइरहेको छ ।
ओरैयाका एएसपी कमलेशकुमार दीक्षितका अनुसार राजस्थानबाट आइरहेको ट्रक र दिल्लीबाट आइरहेको ट्रक ठोक्किएका हुन् । राजस्थानबाट निर्माण सामग्री लिएर आएको ट्रकमा झारखण्ड, बिहार र पश्चिम बंगालका मजदुर थिए । मजदुरहरुले चिया खानका लागि राजस्थानबाट आएको ट्रक मिहौलीमा रोक्न लाग्दै गर्दा दिल्लीबाट आएको ट्रकले ठक्कर दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले सरकार राहत कार्यमा तत्परताका साथ जुटिरहेको जानकारी दिएका छन् । त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा पीडित सबैलाई हरसम्भव राहत उपलब्ध गराउने उल्लेख गर्दै दुर्घटनाका बारेमा छानबिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group