ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट ४७ लाख १७ हजार भन्दा बढी संक्रमित, ३ लाख १२ हजारको मृत्यु


एबीसी न्यूज
४ जेष्ठ २०७७, आइतबार   ६ : ५७   बजे

काठमाडौं, ४ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसबाट ४७ लाख १७ हजार ७ सय ८० जना संक्रमित भएका छन् । वल्र्डमिटरका अनुसार आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा उच्च छ। त्यहाँ १५ लाख ७ हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ७२ हजार ४३, बेलायतमा २ लाख ४१ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २४ हजार ७ सय ६० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख १२ हजार ३ सय ९२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अगाडि छ। त्यहाँ ८९ हजार ६ सय ३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३४ हजार ५ सय ४६, इटालीमा ३१ हजार ७ सय ६३, स्पेनमा २७ हजार ५ सय ६३, फ्रान्समा २७ हजार ५ सय ३२, ब्राजिलमा १५ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, विश्वभर १८ लाख १० हजार १ सय १९ संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ ३ लाख ३९ हजार ३ सय ७३२, जर्मनीमा १ लाख ५२ हजार ६ सय, स्पेनमा १ लाख ४६ हजार ४ सय ४६, इटालीमा १ लाख २२ हजार ८ सय १० जना संक्रमणमुक्त भएका छन्। नेपालमा भने २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणपछि एक जनाले ज्यान गुमाएका छन्। शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu