ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लामा कोरोना संक्रमित बढ्दै, लकडाउन विपरित कार्य तिब्र, प्रशासन मौन


एबीसी न्यूज
४ जेष्ठ २०७७, आइतबार   ११ : २८   बजे


रौतहट, ४ जेठ  । रौतहट र विश्व व्यापी महामारीको रुपमा रहेको कोभिड(१९ को संक्रमण कम गर्न तथा रोकथामको लागि नेपाल सरकारले गरेको बन्दाबन्दी रौतहटको स्थानीय तहहरुमा उलंघन भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले लकडाउन कडा पार्न अति आवश्यक एम्बुलेन्स, औषधी पसल, पेट्रोल पम्प र दमकल मात्रै संचालन गर्न सूचना जारी गरेको भए पनि त्यसको बेवास्ता गर्दै जिल्लाको गुजरा नगरपालिकामा दर्जनौ टिपर संचालनमा छन् ।

रौतहटमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गए पनि यहाँको प्रशासनकै निर्देशनमा ब्यापक रुपमा लकडाउनको उलंघन हुदैँ आएको छ १ जिल्लामा आज आइतबार मात्रै राजपुर र इशनाथ नगरपालिकामा थप १० जना कोरोना संक्रमितको संख्या बढेको छ तर लकडाउन उलंघन हुदाँ समेत प्रशासनले कुनै चासो नलिदा स्थानीय आतंकित बनेका छन् ।

विकासको बहानामा ठेक्केदारहरुले जिल्लाको दक्षिणी भेगमा बिग्घौँ बिग्घा जमिन भाडामा लिएर नदी जन्य वस्तु भण्डारण गर्दै आएको समेत पाइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको काम अधुरो हुने भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसँग ठेक्केदार कम्पनीले टिपर संचालन गर्न अनुमति लिएको भए पनि अनुमति बिपरित गुजरा नगरपालिकाको बकैया खोलाको ठेक्का पाएका ठेक्केदारहरुले लकडाउनले आफुहरू घाटामा पर्ने भन्दै खोलाबाट अनाधिकृत तरिकाले नदी जन्य वस्तु निकालेर भण्डारण गर्दा समेत स्थानीय प्रशासन मुकदर्शक भएर बसेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

जिल्लाको गुजरा नगरपालिकामा विकास निर्माणको नाममा ३ दिन देखि दर्जनौ टिपरले लकडाउनको उलंघन गर्दै खोला दोहन गर्दै आएको भए पनि स्थानीय प्रशासन र नगरपालिकाले बेवास्ता गर्दै आएको स्थानीय बासिन्दा निरोज पोखरेलले बताए १ त्यसै गरी स्थानीयले टिपर संचालनको बिरोध गर्दै प्रहरीलाई जानकारी गराउदा समेत माथिको आदेश भन्दै प्रहरी पन्छिने गरेको वडा नम्वर ४ का वडा अध्यक्ष पवन राज गिरीले बताए ।

स्थानीय पुरै कोरोनाको आतंकले त्रसित छन तर पनि कमिशनको खेलले लकडाउन उलंग्घन गर्दै दर्जनौ टिपर अनाधिकृत तरिकाले खोला दोहन गरेर जिल्लाको दक्षिणी भेगमा लैजादा समेत नगर प्रमुख मौन बस्नु गलत भएको समेत अध्यक्ष गिरीले बताएका छन ।

विकासको नाममा खोलाबाट नदी जन्य वस्तु दोहन गरेर भण्डारण गर्ने गरेको छ नि भन्ने जिज्ञासामा आफूलाई थाहा नभएको र यदि त्यस्तो काम भए नभए पनि आज देखि टिपर संचालनमा रोक लगाउने नगर प्रमुख सन्तलाल चौधरीले बताएका छन भने केही बेर अघि मात्रै स्थानीय बासिन्दाहरू भेला भएर टिपर संचालनमा रोक लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group