ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट जोगिन अमेरिकी राष्ट्रपति घातक साइड इफेक्ट देखाउन सक्ने मलेरिया विरुद्धको औषधि सेवन गर्दै


एबीसी न्यूज
६ जेष्ठ २०७७, मंगलबार   १० : ०१   बजे


काठमाडौं, ६ जेठ । सोमबार पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसबाट जोगिनका लागि मलेरियाको औषधि सेवन गरिरहेको बताएका छन्।

आफ्नै सरकारले समेत यस प्रकारको गतिविधि घातक हुनसक्ने चेतावनी दिदैं आएको अवस्थामा ट्रम्पले यस्तो खुलासा गरेका हुन्।

ट्रम्पले हाइड्रोअक्साइक्लोरिक र जिन्क नामक औषधि सातादिन भन्दा बढी समयदेखि दैनिकी रुपमा सेवन गरिरहेको बताए।

प्रशासनका धेरै शीर्ष चिकित्सकहरुको सर्तकता पछि पनि ट्रम्पले कोरोना भाइरसको सम्भावित उपचार वा प्रोफेलेक्सिसको रूपमा औषधी सेवन गरिरहेका छन्।

ती औषधिले केही बिरामीहरूमा साइड इफेक्ट देखिने सम्भावना रहेको छ भने यसमा कोरोना भाइरससँग लड्न सक्छ भन्ने पुष्टि भएको छैन।

ट्रम्पले आफूले ती औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको बताएका छन्। तर उनले ती व्हाइट हाउसका चिकित्सकबाट अनुरोध गरेर लिएका हुन्।

ुमैले यो औषधि सेवन गर्न थाले किनभने मलाई लाग्छ यो राम्रो छ। मैले धेरै राम्रा कुराहरू पनि सुनेको छुु, ट्रम्पले साइड इफेक्टको रिपोर्टलाई खारेज गर्दै भने, म यति मात्र भन्न सक्छु कि म अहिलेसम्म ठीक छु।

ट्रम्पले बारम्बार एन्टिबायोटिक एजिथ्रोमाइसिन भएको वा यसको मात्रा नभएको भएपनि औषधिको प्रयोगमा जोड दिदैं आएका छन्। तर कुनै पनि अध्ययनले यस प्रकारको औषधिले कोरोना भाइरस रोकथाम वा उपचार गर्न सुरक्षित र प्रभावकारी भएको पुष्टि गरेको छैन।

खाद्यान्य तथा औषधि प्रशासनले गत महिना मात्र यस प्रकारको औषधिले घातक साइड इफेक्ट देखाउन सक्ने हुनाले यसको प्रयोगमा सावधान हुन भन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group