ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लुएचओ सदस्यहरू स्वतन्त्र छानवीनका लागि सहमत


एबीसी न्यूज
७ जेष्ठ २०७७, बुधबार   १ : ३२   बजे


काठमाडौँ, ७ जेठ ।  विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन् ।

अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानवीन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो ।

डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देहहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो । जसमा डब्लुएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो ।

उहाँले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिनुभएको थियो ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोक्नुभएको छ ।

पत्रमा ट्रम्पले महामारी नियन्त्रणका लागि अत्यावश्यक काम नगरेको भन्दै डब्लुएचओको आलोचना गर्नुभएको बताइउको छ । गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्लुएचओले सही र वास्तविक सूचना दिन नसकेको आरोप ट्रम्पको रहेको छ ।

लगातार चीनको प्रशंसा गरेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गर्नुभएको हो भने उहाँले डब्लुएचओले आफूलाई चीनबाट स्वतन्त्र रहेको देखाउनु नै अबको एक मात्र विकल्प रहेको बताउनुभएको छ ।

त्यसका लागि डब्लुएचओ प्रतिबद्ध नरहेमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग सदाका लागि बन्द गर्ने सदस्यताबारे पनि पुनर्विचार गर्ने चेतावनी ट्रम्पको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu