ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा ‘मिरर अफ नेपाल’ प्रर्दशर्नी


admin
१४ मंसिर २०७४, बिहिबार   १ : ०३   बजे

काठमाडौँ, १४ मंसिर । चीनको च्यांगसु प्रान्तको छाङचौं महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ ।

नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ हाइ सु ग्यालरीमा ‘मिरर अफ नेपाल’(नेपालको ऐना) शीर्षकमा एकल चित्रकलाको प्रदर्शनी बुधबार सम्पन्न गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी छाङचौंँ महानगर समिति, संस्कृति, सञ्चार तथा प्रकाशन कार्यालय र च्याङ्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म चलेको थियो । चित्रकला प्रदर्शनीका लागि छाङचौँ कलाकार संघ र अन्तरराष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघ छाङचौँलगायतले सहयोग  थिए ।

सन् २०१३ मा नेपाल भ्रमण गर्नुभएका लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको रहनसहन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधतालगायत विषयलाई आफूले चित्रमा उतारेको बताउनुभयो । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक सन्देश पठाई कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध जनताको चित्रण गरिएको उल्लेख गर्नुभएको छ ।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा आबद्ध ६८ वर्षीय लिउका चित्रले थुपै्र राष्ट्रियस्तरका पुरस्कार पाएका छन् । उहाँको चित्रकला चीनको राष्ट्रिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थामा संग्रह गरिएका छन् । प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत देश पु¥याएका उहाँका चित्र विदेशमा पनि संग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group