ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला भन्छन् – ‘श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो’


admin
१४ मंसिर २०७४, बिहिबार   १ : १३   बजे

मोरङ, १४ मंसिर । पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उहाँकी श्रीमती पार्वतीदेवीले आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गर्नुभयो ।

उहाँले रासससँग भन्नुभयो, “विवाह भएदेखि नै श्रीमान्ले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु ।” संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आफ्नो निर्णय आफै गर्ने भइसकेका छन् । महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उहाँको भनाइ छ ।

“पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन”, उहाँले भन्नुभयो, “२०५१ सालमा आफुले पहिलो पटक भोट हालेको अवस्थामा नै अहिले पनि आप्mनो गाउँ रहेको छ । महिला पुरुष, छोराछोरी, धनीगरीब, उँचनीच, जातपात, भाषा, धर्मलगायतको विभेद कायमै रहेकाले त्यसको समग्र परिवर्तन गर्ने उम्मेदवार रोज्ने काम हामी महिलाको हो ।” उहाँले बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारीलगायत व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई यसपालि मत हाल्ने सुनाउनुभयो ।

पथरी शनिश्चरे–८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ युवकयुवतीका लागि राम्रो रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई मत हाल्ने बताउनुहुन्छ । “छोरीचेली माइतीमा बस्दा आमाबुबा र घरमा बस्दा पति र ससुराले भनेका आधारमा भोट हाल्ने दिन गयो, अब सबै आफुले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “आत्मनिर्भरता आवश्यक छ र यतिखेर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ ।”

सुनबर्षी–१ की सकिना खातुनले आपूmहरुले गाउँका मानिसले उम्मेदवारको गुण र अवगुणका बारेमा गरेको चर्चा सुनेर राम्रो उम्मेदवारको पहिचान गरी मत दिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुस्लिम महिलाले अहिले खुलेआम चुनावीसभामा सहभागी भएर उम्मेदवारको कुरो सुनी आ आफ्ना समस्यासमेत सुनाउने गरेका छन् । त्यसैले अब अरूले भन्दा पनि हामीहरु सबभन्दा राम्रो उम्मेदवारलाई रोजेर भोट हाल्न सक्षम छौँ ।”

केही समय अगाडिसम्म घरमा आफ्ना  पति, ससुरा र गाउँका पुरुषले उनीहरुले रुचाएको उम्मेदवारलाई भोट हाल्न सिकाउँथे तर पछिल्लो समय उनीहरुसँगै महिलाले पनि समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन् । अब महिलाहरु सक्षम बन्दै गएका छन् ।
प्रतिनिधिसभाका लागि छ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कूल छ लाख ४४ हजार ७८२ मतदाता छन् ।

रोजगारी दिनेलाई मतदान 

पथरी शनिश्चरे–८ का स्नातकोत्तर अनिल पौडेल बेरोजगार हुनुहुन्छ । उहाँसँगै स्नातकोत्तर ईश्वर शर्मा र सुनवर्षी नगरपालिका–१ का प्रकाश सिंह यहाँ रोजगारी नपाएर खाडी मुलुक साउदी अरब जानुभयो । उहाँसँगै द्वितीय श्रेणीमा बिएड उत्तीर्ण भजन सिंह पनि रोजगारीका लागि मलेसिया पुगेको दुई महिना भयो । पौडेलका कान्छा भाइ सुनिल र प्रकाशका कान्छा भाइ निर्मल कक्षा १२ मा पढ्छन् । आप्mनै देशमा रोजगारीको अवसर नभएर दाजुहरु स्नातकोत्तर उत्तीर्ण गरेर पनि वैदेशिक रोजगारीमा खाडी मुलुक जान बाध्य भएको अवस्था देखी लाई पढ्न मन नलाग्ने सुनिल र निर्मल बताउनुहुन्छ । “मन खिन्न हुन्छ आखिर जति पढे पनि अन्त्यमा खाडी मुलुकको चर्को गर्मी खानैपर्ने हुन्छ ”, सुनिलले भन्नुभयो ।

गाउँका युवा प्रत्येक दिन खाडी मुलुक रोजगारीकै लागि गइरहेका छन् । कक्षा ९ र १० मा पढ्ने विद्यार्थीसमेत पढाइ छाड्दै उमेर बढाएर वैदेशिक रोजगारीमा गइरहेको उहाँहरु बताउनुहुन्छ । “पढेलेखेका गाउँमै केही गर्न नचाहेर होइन, हुन नसक्ने अवस्थाले वैदेशिक रोजगारीमा जान बाध्य छन्,” अनिलले भन्नुभयो, “गाउँमा खेती गर्न खोजियो भने सिँचाइ, कृषि मल, उन्नत बीउको अभाव, गाई, भैँसी, बाख्रापालन र व्यापार नै गर्न खोजियो भने सुलभ र सहज तरिकाले ऋणसमेत पाउन नसकिने अवस्थामा युवा के चाहिँ गरेर नेपाल बसून् विकल्प त सरकारले दिनुपर्यो नि ?”

अहिले नेताहरु मत माग्न घरदैलोमा आइरहेको र उमेदवारहरु आआफ्ना अनेक चुनावी नारा सुनाउने गर्छन् तर आफु एउटै माग युवालाई ६० डिग्री तापक्रममा काम गर्न विदेशमा नबेची स्वदेशमै रोजगारीे सिर्जना गर्ने उम्मेदवारलाई आफूहरुले मत दिने उहाँहरुको भनाइ छ ।

पथरी शनिश्चरे–१ का इन्द्र अधिकारीले इञ्जिनीयर, ओभरसियर, डाक्टर पढेकाहरु रोजगारीका लागि विदेश गइरहेको बताउनुभयो । आपूmले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकाले नेपालमै अवसरको खोजीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्न सके के हुदैन तर त्यसका लागि वातावरण उचित हुनुपर्छ ।” उहाँले यहीँ केही गर्ने अवसरका लागि वातावरण बनाइदिने उम्मेदवारलाई यसपालि आफुहरुले मत दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवा लक्षित सुलभ र सहज ऋणलगायतको व्यवस्था गर्नु आवश्यक छ । खासगरी युवालाई उत्पादनमूलक व्यवसायका लागि सरकारले उचित वातावरणको निर्माण गर्ने योजना ल्याउनु आवश्यक छ ।”
पथरी शनिश्चरे–२ का चक्र लिम्बू चुनावमा अनेक सपना देखाउँदै जितेर गएपछि कहिल्यै फर्केर नआउने उम्मेदवारलाई यसपालि आफुहरुले ठेगान लगाउने सुनाउनुभयो । “उम्मेदवारले गरेको चुनावी प्रतिबद्धता पूरा गर्नुपर्छ अनि मात्रै वर्षौंदेखि ज्यूँ का त्यूँ रहेका समस्या समाधान हुन्छ” उहाँले भन्नुभयो, “पढेलेखेका युवालाई उत्पादनमूलक व्यवसाय गर्न आवश्यक सहयोग हुनुप¥यो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran’s President Urges End to ‘No War, No Peace’ Status with U.S.

Congress Leader Criticizes Home Minister’s Silence on Protest Response

Iran’s President Reportedly Meets With Supreme Leader Amid Health Concerns

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

Israel Rejects Trump-Backed Plan for Gaza Disarmament

Turkey Seeks to Expand New Defense Pact with Saudi Arabia and Pakistan

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu