ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ बाढीमा बेपत्ता


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ७ : २५   बजे

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी गोसाइँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएकी छन्। स्थानीय स्रोतका अनुसार बाढीले स्याफ्रुबेंसी क्षेत्रलाई प्रभावित बनाउँदा उहाँ सम्पर्कविहीन हुनुभएको हो।

उहाँसँगै गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष दावा मिङमर तामाङ पनि सम्पर्कविहीन रहेको जनाइएको छ। दुवैजनाको खोजी तथा उद्धारका लागि प्रयास जारी रहेको छ।

एमाले नेता प्रेम तामाङका अनुसार रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी र मैलुङ क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। खोला किनारका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि प्रभावित क्षेत्रसँगको सम्पर्कसमेत कठिन बनेको छ।

उनले माथिल्लो क्षेत्रबाट आएका बिरामी तथा घाइतेलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा लैजानसमेत कठिन भएको बताएका छन्। बाढीले पुलहरू बगाएपछि धेरै स्थान सडक सम्पर्कबाट विच्छेद भएका छन्।

उद्धारमा हेलिकप्टरको अभाव

प्रभावित क्षेत्रमा घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको पर्याप्त व्यवस्था नभएको स्थानीयले बताएका छन्। बेत्रावतीलगायत क्षेत्रमा घाइतेलाई अस्थायी रूपमा जम्मा गरिए पनि गम्भीर अवस्थाका बिरामीलाई तत्काल काठमाडौं पुर्‍याउन कठिनाइ भइरहेको बताइएको छ।

“एउटा-दुईवटा हेलिकप्टरले उद्धार गरिरहेका छन्, तर त्यो पर्याप्त छैन,” नेता तामाङले बताएका छन्।

उनका अनुसार टिमुरे, मैलुङ र स्याफ्रुबेंसीलगायत क्षेत्रमा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ। लगातार वर्षा, भासिएको जमिन, चिप्लो जंगल तथा बाढीले बगाएका सडक र पुलका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।

स्थानीय तथा सुरक्षा निकायले बेपत्ता गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ, वडाध्यक्ष दावा मिङमर तामाङ तथा अन्य सम्पर्कविहीन नागरिकको खोजी कार्य जारी राखेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

भोटेकोसी बाढीको भयावह क्षति : मृत्यु हुनेको संख्या १६२ पुग्यो, ४१ घाइते (अपडेट)

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’

काठमाडौंसहित ९ जिल्लाका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu