काठमाडौं, ११ जेठ । चीनका विदेश मन्त्री वाङ यीले कोरोनाभाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने कसैले सोचेको छ भने त्यो दिवासपना हुने बताउनुभएको छ ।
आइतबार बेइजिङमा पत्रकारहरुसंग कुरा गर्दै विदेशमन्त्री यीले कोरोना महामारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नभएको् बताउनुभएको हो । अमेरिकाले वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको, चीनले सुरूमा सूचना लुकाएको जस्ता आरोप लगाएको छ । चीनले भने ती आरोपमा कुनै सत्यता नभएको जवाफ दिदै आएको छ ।
चीनले भने महामारीको सुरू र आफूले चालेका कदमको निष्पक्ष छानबिन गर्न आफू तयार रहेको बताएको छ । विदेश मन्त्री यीले अमेरिकासंगको तिक्ततापूर्ण सम्बन्ध कोल्ड वार नजिक पुगेको पनि बताउनुभएको छ ।
अमेरिकाले नै दुई देशको सम्बन्धलाई कोल्ड वारमा धकेलिरहेको आरोप उहाको आरोप छ । विदेशमन्त्री यीले केही अमेरिकी राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्धलाई आफ्नो कब्जामा लिएर दुई देशलाई नयां शीतयुद्धतर्फ धकेलिरहेको आरोप लगाउनुभएको छ । यो इतिहासको चक्रलाई घुमाउने खतरनाक प्रयास भएको पनि उहाको भनाई छ । चीनलाई अमेरिकाले गरेको प्रगतिप्रति कुनै इष्र्या नभएको र अमेरिकाले पनि चीनको विकासको बाटोमा कुनै अवरोध गर्न नसक्ने उहाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्