काठमाडौं, १३ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४८ जनाको मृत्यु भएको छ । ६० हजार ७ सय ६ जना उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्