काठमाडौं, १४ जेठ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ४ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ।
सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत १० औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।
त्यस्तै, भारतमा ६४ हजार २ सय ७७ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्