सुर्खेत , १५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको छ । दैलेखमा थप ८ जनामा संक्रमण भएको पुष्टि भए सगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको हो । दैलेखमा मात्र १६ जना संक्रमित भएका छन् । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप आठ जना कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित हुनेमा दैलेखको नारायण नगरपालिका वडा नं १. ३, ४ र ५ का उनीहरुमा बिहीवार संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्