काठमाडौँ, १५ जेठ । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् ।
कोशी अस्पताल (कोभिड–१९)उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिनुभयो ।
यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् ।
घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उहाँले बताउनुभयो ।
प्रदेशमा निको हुनेको सङ्ख्या ३० पुगेको छ । केन्द्रमा अहिले ३१ जना सङ्क्रमितको उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्