काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य वाचन सुरु गर्नुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडा बजेट प्रस्तुत गर्न रोस्टममा गएर आव ०७६/०७७ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । कोरोना महामारीका कारण टुटेको उत्पादन र आपूर्ति श्रृङ्खला पुन जोड्ने तथा सबै प्रकारको स्वास्थ्य जोखिमबाट नागरिकलाई जोगाउन स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास गर्ने ।
बजेटको उद्देश्य
संक्रामक रोग र विदपबाट नागरिकको जीवन रक्षा गर्ने रहेको छ भने राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान रहेको छ ।
चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान छ । विदेशी मु्द्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको छ । निर्यात १२ । ९ प्रतिशतले बढेको छ । आयात घटेको छ ।चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फथत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको छ ।विमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट ७० लाख पुगेको छ । आधारभूत खानेपानी ९० प्रतिशत पुगेको छ । काठमाडौं उपत्यका सडकबालक मुक्त भएको छ । सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक छ । विद्यालयमा भर्नादर बढेको छ ।
मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित छ । कुल ग्राहर्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी छ ।पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान छ । डा युवराज खतिवडाले लगातार तेस्रो पटक बजेट पेश गरेका गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्