काठमाडौं, १५ जेठ । विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि आवश्यक रकम सरकारले व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै विदेशमा समस्यामा परेका, भिसाको म्याद सकिएका, आममाफीमा सहभागी भएका लगायतका श्रमिकको उद्धारका लागि आवश्यक रकमको व्यवस्था गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्