काठमाडौं, १५ जेठ । आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता यथावत् रहने भएको छ । वृद्ध, सीमान्तकृत, एकल महिला, अपाङ्गता भएका व्यक्तिको लागि सामाजिक सुरक्षा भत्ता सरकारले निरन्तरता दिने भएको हो । त्यसको लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । सङ्घीय संसदमा नयाँ बजेट प्रस्तुत गर्नुहुँदै उहाँले ७० वर्ष माथिका नागरिकका लागि १ लाख रुपैयाँको निःशुल्क बीमा कार्यक्रमालई पनि निरन्तरता दिने बताउनुभएको छ । त्यसैगरी ४ लाख परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले समेट्ने अर्थमन्त्रीले घोषणा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्