ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्फ्युबीच अमेरिकाका दर्जनौं सहरमा प्रदर्शन : ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन्


एबीसी न्यूज
१९ जेष्ठ २०७७, सोमबार   ८ : ५८   बजे

वासिङ्टन  १९ जेठ ।  एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । तर प्रदर्शनकारीले अधिकांश सहरमा कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

१६ राज्यका कम्तीमा ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन् । २५ सहरमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रेका सीएनएनले जनाएको छ । प्रदर्शनकारीले प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । दंगा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । कतिपय सहरका पसलहरूमा लुटपाट भएको छ भने प्रदर्शनकारीले प्रहरी कार्यालय तथा भवनहरू तोडफोड गरेका छन् ।

सीएनएनका अनुसार क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, इलिनोय, केन्टुकी। मिनेसोटा, न्युयोर्क, ओहायो, ओरेगन, पेन्सिल्भानिया, साउथ क्यारोलिना, टेनेसी, युटा, वासिङटन र विस्कन्सिन राज्यका २५ सहरमा कर्फ्यु लगाइएको हो ।

एक प्रहरी अधिकारीको ज्यादतीका कारण अफ्रिकी मूलका जर्ज फ्लोइडको ज्यान गएपछि त्यसको विरोधमा अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमा भाइरस बनेको एक भिडियोमा एक प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा घुँडा टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएका समेत भिडियोमा सुन्न सकिन्छ ।

हत्यामा संलग्न ४४ वर्षीय पूर्वप्रहरीलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ । अधिकारीहरूले उनलाई सोमबार अदालतमा पेस गरिने जनाएका छन् । घटनापछि उनीसहित ४ जना प्रहरीलाई बर्खास्त गरिएको थियो । घटनास्थलमा रहेका अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन् ।

कहाँ के भयो ?

अमेरिकाका कम्तीमा ३० वटा सहरमा ठूला प्रदर्शनहरू भए । एट्लान्टामा कर्फ्यु उल्लंघन गर्ने ७० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिंसात्मक प्रदर्शनपछि एट्लान्टामा शनिबार साँझ ९ बजेदेखि कर्फ्यु लगाइएको थियो । प्रहरीले शनिबारको तुलनामा आइतबार प्रदर्शनकारीको संख्या निकै घटेको जनाएको छ ।

सियाटलमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा २७ जनालाई नियन्त्रणमा लिएको छ । सियाटल प्रहरीका अनुसार उनीहरूलाई लुटपाट, आगजनी तथा विश्वंसात्मक कार्य गरेकाले पक्राउ गरिएको हो । सियाटलमा स्थिति नियन्त्रणमा लिन नेसनल गार्डले प्रहरीलाई सघाइरहेको सीएनएनले जनाएको छ ।

न्युयोर्कमा भएको प्रदर्शनका क्रममा प्रहरीले ३ सय ७० जनालाई पक्राउ गरेको छ । त्यस्तै, एक जत्थाले ढुंगामुडा गरेपछि प्रहरीको ट्रक प्रदर्शनकारीमाथि जोतिएको दृश्य सार्वजनिक भएको छ । घटनामा एक व्यक्ति घाइते भएको सीएनएनले जनाएको छ । उक्त घटनाका कारण प्रदर्शनकारी थप आक्रोशित भएको जनाइएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासियोले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

ज्याक्सनभिलमा एक प्रहरी अधिकारीको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको छ । उनको अस्पतालमा उपचार भइरहेको फ्लोरिडा प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा र इँटाले प्रहार गरेको जाइएको छ ।

मिनियापोलिसमा कर्फ्यु तोड्ने दर्जनौंलाई प्रक्राउ गरिएको छ । प्रदर्शनका क्रममा छिटफुट हिंसा भए पनि कोही गम्भीर घाइते नभएको प्रहरीले जनाएको छ । कतिपय स्थानमा समाचार संकलनका लागि खटिएका पत्रकारहरूलाई समेत गिरफ्तार गरिएको सीएनएनले जनाएको छ ।

लस एन्जलसमा प्रहरीले भीड तितरबितर पार्न रबरको गोली प्रहार गरको छ । प्रदर्शनकारीहरूले बोतल प्रहार गर्नुका साथै प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । त्यसका साथै, प्रहरीका क्षतिग्रस्त गाडीमाथि प्रदर्शनकारीहरू उभिएर नाराबाजी गरेको जनाइएको छ । क्यालिफोर्नियाका गभर्नरले लस एन्जलस काउन्टीमा संकटकाल घोषणा गरेका छन् ।

त्यसैगरी, सान फ्रान्सिस्कोमा कर्फ्यु जारी गरिएको जनाउँदै मेयर लन्डन ब्रिडले नेसनल गार्डलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

सिकागोमा प्रदर्शनकारीहरूले दंगा प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सिकागो प्रहरीले शनिबार केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

वासिङटन डीसीमा दोस्रो दिन पनि ठूलो भीड राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाहिर भेला भएको जनाइएको छ । मिजोरी राज्यको फर्ग्युसनस्थित प्रहरी कार्यालय आन्दोलनकारीले जलाइदिएका छन् ।

इन्डियानापुलिसमा भएको प्रदर्शनका क्रममा गोली चलेको छ । प्रहरीले एकजनाको ज्यान जानुका साथै दुई घाइते भएको जनाउँदै अनुसन्धान भइरहेको बताएको छ । घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् ।

ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लुटेरा र अराजकहरू’ ले हिंसा फैलाएको आरोप लगाएका छन् । ट्रम्पले फ्लोइडको मृत्युबाट ‘अमेरिकीहरूमा त्रास, आक्रोश र शोक’ छाएको बताए । शान्तिका पक्षमा रहेका अमेरिकीलाई आफूले साथ दिने उनले बताए ।

घृणा र अशान्तिको साटो उपचार र न्याय आवश्यक भएको ट्रम्पको भनाइ छ । ‘म आक्रोशित भीडलाई मान्यता दिन सक्दिन, त्यसो हुँदैन,’ उनले भने । ट्रम्पले प्रदर्शन रोक्न असफल भएको भन्दै मिनियापलिसका नगरप्रमुखको आलोचना गरे । हिंसा नरोकिए नेसनल गार्ड परिचालन गर्ने ट्रम्पको भनाइ छ ।

यसैबीच, पूर्वउपराष्ट्रपति तथा आगामी राष्ट्रपतीय चुनावमा ट्रम्पका सम्भावित प्रतिस्पर्धी जो बाइडेनले ‘ज्यादतीको विरोध गर्नु अमेरिकीको अधिकार भएको र त्यो आवश्यक देखिएको’ बताएका छन् । तर उनले त्यस्ता विरोध प्रदर्शन शान्तिपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group