ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिनाको नौसेनाले दुई सातादेखि हराइरहेको पनडुब्बीको खोजी रोक्यो


admin
१५ मंसिर २०७४, शुक्रबार   ११ : २२   बजे

काठमाडौं, १५ मंसिर । अर्जेन्टिनाको नौसेनाले, दुई सातादेखि हराइरहेको पनडुब्बीको चालक दलका सदस्य सहित ४४ जनाको उद्धार प्रयास रोकिएको बताएको छ ।

नौसेनाका प्रवक्ता इनरिके बाल्बीले व्यापक प्रयास गरिए पनि उक्त पनडुब्बी कहा“ हराएको छ भनेर पत्ता लगाउन सम्भव नभएको बताएका छन् । पनडुब्बी एआरए सान जुआनले अन्तिमपटक नोभेम्बर १५ तारिखका दिन सम्पर्क गरेको थियो । अन्तिमपटक सम्पर्कमा आएको ठाउँ नजिकै एउटा शंकास्पद विस्फोट भएपछि पनडुब्बीमा जीवित कोहि होला भन्ने आशा कमजोर बनेको थियो । क्याप्टेन इनरिके बाल्बीले चालक दलको उद्धार गर्ने सम्भावना रहेको समय भन्दा दोब्बर बढाउँदा पनि उपलब्धि हात नलागेको बताए । उनले उद्धार टोलीले समुद्र भित्र भने पनडुब्बीको खोजीलाई निरन्तरता दिने बताए । उनले अब उद्धार तथा खोजको चरण बदलिएको भन्दै सान जुआन हराएको ठानिएको क्षेत्रमा अन्य पानीजहाज र पनडुब्बीहरुको प्रयोग गरेर जहाजका टुक्राटाक्री खोज्न केन्द्रित हुने जनाएका छन् । सान जुआनमा विस्फोट भएको शंका गरिएको खबर गत साता पनडुब्बीमा सवार चालकदलका आफन्तहरुलाई दिइएको थियो । नौसेनाको मर डे प्लाटा अखडामा भेला भएका आफन्तहरुले त्यसको प्रतिक्रियामा पीडा र आक्रोश व्यक्त गरेका थिए । परिवारका सदस्यहरुले नौसेनाले आफूहरुसंग झुटो बोलेको र गलत आशा देखाएको आरोप लगाएका थिए । पनडुब्बीको खोजी कार्यका लागि अन्तर्राष्ट्रिय रुपमा १ दर्जन भन्दा बढी देशका ४ हजार मानिस खटिएका थिए । नोभेम्बर १५ तारिखमा अन्तिमपटक पनडुब्बी सम्पर्कमा आउँदा क्याप्टेनले चालक दलहरु ठीकठाक रहेको पुष्टि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group