ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी तथा फलफुल ढुवानीमा अवरोध गरी नष्ट गर्ने व्यक्तिहरुलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन


एबीसी न्यूज
२२ जेष्ठ २०७७, बिहिबार   ७ : ०३   बजे

काठमाडौं, २२ जेठ ।  लकडाउनको अवस्थामा तरकारी तथा फलफुल ढुवानीमा अवरोध गरी नष्ट गर्ने व्यक्तिहरुलाई कारबाही गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बिहीबारको बैठकले कोभिड १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिई अनधिकृत रुपमा तरकारी तथा फलफुल नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो । बैठकको निर्णय सुनाउँदै समितिका सभापति पूर्णकुमारी सुवेदीले किसानका तरकारी निर्वाध ओसारपसार गर्ने व्यवस्था मिलाउन र तरकारी तथा फलफुल नष्ट गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो ।

पछिल्लो समय तरकारी तथा फलफुल ओसारपसारमा रोक लगाई नष्ट गरेका घटना बाहिरिएपछि समितिले त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै समितिले कोभिड–१९ का कारण समस्यामा परेका किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन कृषि तथा पशुपंिक्ष विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कोभिड–१९का कारण समस्यामा परेका वास्तविक कृषकलाई उत्पादनका आधारमा बीउ, मल र प्रविधिमा अनुदान दिन निर्देशन दिएको छ ।

राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिवृद्धि गर्दै ठूलो परिमाणमा एक स्थानमा एउटा बालीको खेती गरी कृषि वस्तुको उत्पादन वृद्धि गरी कृषिलाई आयमुलक, आधुनिक र मर्यादित पेशा तथा उत्पादनशील व्यवसायको रुपमा विकास गर्न निर्देशन दिएको छ । कखुरा पालक कृषकहरुलाई गुणस्तरीय दाना उपलब्ध गराउने विषयमा दानाको गुणस्तरमा नियमित चेकजाँच गरी गुणस्तर कम भएको दाना विक्री गर्नेलाई कारबाही गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न आवश्यक कार्य गर्न निर्देशन दिएको छ । यस्तै नेपाललाई आवश्यक पर्ने खाद्यन्नको संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group