काठमाडौं, २७ जेठ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
आजको बैठकमा एमसिसी परियोजनाबारे छलफल हुने कार्यसूची तय भएको थियो। नेकपाभित्र एमसिसीलाई संसदबाट पारित गर्ने वा परिमार्जनसहित पारित गर्ने भन्ने विवाद छ। एमसिसीबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एससिसी परिमार्जनसहित मात्र पारित गर्नुपर्ने सुझाव दिएको छ। कार्यदलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य रहनुभएको छ । संसदमा बजेटबारे छलफल नसकिएको र संविधान संशोधनबारे पनि छलफल गर्ने कार्यसूची रहेकाले बैठक सारिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्