ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृतक सुत्केरीको पिसिआर नेगेटिभ, भाइ बनेर सैजूँले गरे अन्त्येष्टी


एबीसी न्यूज
२७ जेष्ठ २०७७, मंगलबार   ७ : ४१   बजे


काठमाडौं, २७ जेठ ।  भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको हो ।

सुत्केरी भएलगत्तै महिलालाई एक्कासि श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि अधिकतम प्रयास गरे पनि बचाउन नसकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताउनुभयो । मृतक महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी, मृतकका परिवारलाई रिपोर्ट नआएसम्म अस्पतालको आइसोलेशनमा राखेको थियो ।

मृतक सुत्केरीमा कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएकाले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मी र मृतकका परिवारको पनि स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आए पनि महिलामा कोरोना सङ्क्रमितसँग मिल्ने लक्षण देखिएकाले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र मृतकका परिवारलाई भक्तपुरको खरिपाटीस्थित सरकारले तयार पारेको क्वारेन्टिनमा राखिएको प्रजिअ हुकमला पाण्डेले जानकारी दिनुभयो । उनीहरुको पिसिआरको रिपोर्ट नआएसम्मका लागि क्वारेन्टिनमा राखिने भएको हो ।

अस्पताल आउँदा नै खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातीमा खराबी देखिएकाले कोरोना सङ्क्रमणको आशङ्का गरे पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गए राति एक र आज दुई गरी तीनपटक परीक्षण गरी पठाएको रिपोर्टमा मृतक सुत्केरीमा कोरोना सङ्क्रमण नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । महिलाको आरडिटी परीक्षणमा पोजेटिभ आएको र मृत्युपछि कोरोना सङ्क्रमणको आशङ्कामा मृतकको स्वाब राति करीब १० बजे पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।

आइतबार रातिदेखि नै अस्पतालको सेवा बन्द भए पनि अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले आज दिउँसो ३ बजे मृतक महिलाको शव दाहसंस्कारका लागि पठाएपछि अस्पताललाई निर्मलीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दाहसंस्कार लागि शव पठाएका छौँ, अब अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि अस्पतालको सबै सेवा सञ्चालन गर्नेछाँै । प्रसूति कक्ष भने ७२ घण्टापछि निर्मलीकरण गरेर मात्रै सञ्चालन गर्छौैं, अरू सबै सेवा भोलिबाटै शुरु हुन्छ ।”

मृतकका श्रीमान् र सन्तानबाहेक अरू आफन्त यहाँ नभएको र उनीहरुको आर्थिक अवस्था पनि ज्यादै कमजोर रही अन्त्येष्टी गर्ने अवस्था नभएको जानकारी पाएपछि दाहसंस्कारको व्यवस्था प्रशासन आफैँले गरेको छ ।

यसरी भयो दाहसंस्कार

एकातिर कोरोनाको त्रास, अर्कोतिर गरिबीको बास । मृतक महिलाको कोखबाट जन्मिएको बच्चाको पालनपोषण गर्नसमेत समस्या परेको मृतकका पतिले बताएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो । श्रीमतीको मृत्युपछि दाहसंस्कार गर्ने खर्चसमेत नभएको मृतकका पतिले सुनाएपछि अन्ततः भक्तपुरको संयुक्त सुरक्षा टोलीले यसको व्यवस्थापन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ पाण्डे, नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीले शव व्यवस्थापनका लागि लाग्ने खर्च व्यहोरेका छन् ।

भूकम्पदेखि कोरोना महामारीसम्म समाजसेवामा खटिएका आरएनए–१६ ग्रुपका अरुण सैँजू र राजेश गाइजूले महिलाको शव व्यवस्थापन गर्नुभएको छ । आज पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा सैँजूले मृतक महिलाको भाइ बनेर दाहसंंस्कार गर्नुभएको हो । दाहसंस्कारमा खटिएका सैँजूले भन्नुभयो, “श्रीमान् बच्चासहित क्वारेन्टिनमा बस्नुभयो, यहाँ उहाँहरुको कोही पनि आफन्त रैनछन्, त्यसैले मृतक महिलाको श्रीमान्ले तपाई भाइ बनेर अन्तिम संस्कार गरिदिनुस् भन्नुभयो, अनि मैले र राजेशले दिदी सम्झेर उहाँको दाहसंस्कार ग¥याँै ।”

कोरोनाको बिरामी र शव बोक्नका लागि तयार पारेको गाडीमा शव लैजाने जिम्मा पाएको उहाँले दाहसंस्कारका लागि जाने आफन्त कोही नभएपछि आफँैले दाहसंस्कार गरेर फर्कनुभएको हो । यसअघि धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको पनि सोही गाडीमा शव लगेर उहाँहरुले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group