ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगबाट सुरक्षा चुस्त बनाउन आग्रह


sharan sharan
१६ मंसिर २०७४, शनिबार   ८ : ११   बजे

काठमाडौ, १६ मंसिर /
सरकारले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ ।
चार वटै सुरक्षा निकायका प्रमुखहरुले शुक्रबार अपरान्ह निर्वाचन आयोगका पदाधिकारीहरुस“गको सामूहिक भेटमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको जानकारी गराउ“दै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गरेका हुन । सुरक्षा व्यवस्था सुदृढ भएकाले निर्धक्कस“ग मतदानमा भाग लिन आम मतदातालाई पुनः आह्वान गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले उम्मेदवारमाथि लक्षित गर्दै भइरहेका निर्वाचन विरोधी गतिविधिलाई दोहोरिन नदिने प्रतिवद्धता पनि जनाएका थिए ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखहरुको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो । यसैबीच, निर्वाचन आयोगले निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक संजालमा राखिएका अडियो, भिडियो, फोटो तथा सहिदका तस्वीरलाई तत्काल हटाउने व्यवस्था गर्न, गराउन र अटेर गरे कडा कार्वाही गर्न पनि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरित हुनेगरी सामाजिक संजालहरुमा राखिएका सामग्रीहरु तत्काल हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सचेत गराउनु भएको हो ।
निर्वाचन आयोगले निर्वाचन विरोधि गतिविधि हुन नदिन पनि सम्वद्ध सबै पक्षको पुनः ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu