ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कार्यालय मातहतका निकायको प्रभावकारिता बढ्दो – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२८ जेष्ठ २०७७, बुधबार   २ : ३७   बजे

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका निकायको प्रभावकारिता बढेको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै उहाँले यसमा सरकारका काम प्रभावकारी बढाउनेबाहेक अरु उद्देश्य नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कार्यालय मातहत ल्याइएका निकायको अहिलेको काम प्रभावकारी ढंगले अघि बढेको उहाँको भनाइ थियो ।

शक्ति केन्द्रित गर्ने आफ्नो कुनै इच्छा नभएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरीद अनुगमनको कार्यालयलगायत निकायको काम प्रभावकारी रुपले अघि बढेकाले यसको औचित्य पुष्टि भएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामी कोरोनाको सामना गर्न शुरुदेखि नै गम्भीर भएर लागेका छौँ । यसबाट पर्ने असर सबैलाई पर्छ । यसको सामना गर्नुपर्दा सबैको प्रयास आवश्यक छ । यसमा आएका सुझाव र टिप्पणीलाई नकारात्मक रुपमा लिनुपर्ने कारण छैन । हाम्रा प्रयास पनि शतप्रतिशत ठीक र सफल भएको भन्दिन तर हाम्रा प्रयास प्रभावकारी भएका हुनाले दुनियाँमा भयावह अवस्था हुँदा पनि यहाँ त्यस्तो अवस्था हुन पाएन ।

पहिलो कोरोना परीक्षण हङकङ पठाइएको र अहिले २१ परीक्षण केन्द्र नेपालमै रहेको बताउँदै प्रधानमन्त्री ओलीले केही कमजोरी देखिएमा त्यसलाई सच्याइने बताउनुभयो । उहाँले धेरै जनसंख्याका लागि एकैचोटि ठूलो मात्रामा क्वारेन्टिन व्यवस्थापन गर्नु सरल र सहज नभएको बताउँदै आज रोग नियन्त्रण व्यवस्थापन राम्रोसँग बन्दै गएको स्पष्ट गर्नुभयो ।

कृषिको आधुनिकीकरणमा जोड

प्रधानमन्त्री ओलीले कोरोनाले पारेको प्रभाव नियन्त्रण गर्न अब कृषिको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “उद्योग स्थापना र सञ्चालन गर्नुछ, त्यससँगै साना उद्योगलाई पनि प्राथमिकता दिनुपर्नेछ । यीलगायत धेरै काम गर्नु छ तर यो काम सोचजति सहज छैन ।”
पिसिआर परीक्षण कम भयो भन्ने सम्बन्धमा उहाँले पिसिआर दैनिक चार हजार पाँच सयदेखि पाँच हजारको क्षमता भएको उल्लेख गर्दै त्यसको तुलनामा स्वदेश फर्कने जनसंख्या धेरैै भएको बताउनुभयो । स्वास्थ्य सामग्रीमा अनियमितता भयो भन्ने सम्बन्धमा प्रधानमन्त्री ओलीले कुनै पनि अनियमिता भएको भए यो सरकारले नसहने र छानबिन गरी कारवाही गरिने आश्वस्त पार्नुभयो ।

कोरोना नियन्त्रण र उपचारमा रु १० अर्ब खर्चको सम्बन्धमा सोधिएको प्रश्नका जवाफमा उहाँले खर्चको एक प्रणाली भएको तथा प्रदेश र स्थानीय तहबाट पनि सो विषयमा खर्च भएको बताउँदै उहाँले हाल कामका बेलामा सरकार लेखा परीक्षणमा केन्द्रित नभएको बताउनुभयो । प्रदेश तथा स्थानीय सरकारलाई पनि विश्वास गर्नुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँमा तिनले गरिरहेको कामको प्रशंसासमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

भोटेकोसी बाढी: नेपाललाई अन्तर्राष्ट्रिय साथ, भारतदेखि राष्ट्रसंघसम्म सहयोगको प्रतिबद्धता

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu