बागलुङ, २८ जेठ । बागलुङका ४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । दुईसाता अघि उनीहरुमा कोरोना संक्रमण देखिएको थियो ।
निको भएर घर फर्केनहरुमा तमानखोला गाउँपालिका–३ का दुई जना र बडिगाड गाउँपालिका–६ र ७ का एक÷एक जना रहेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र पोखरेलले बताउनुभयो । उनिहरुको दोस्रो र तेस्रो पटक स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरलाई बुधबार डिस्चार्ज गरिएको हो।
प्रतिक्रिया दिनुहोस्