ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस काउन्सिलबाट सार्वजनिक सर्वेक्षण प्रतिवेदन बदनियतपूर्ण, अवैज्ञानिक र गलत नियतबाट प्रेरित – नेपाल मिडिया सोसाइटी


एबीसी न्यूज
२९ जेष्ठ २०७७, बिहिबार   ७ : १४   बजे

काठमाडौं, २९ जेठ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको मिडियाको विश्वसनीयता सम्बन्धी अध्ययन र सर्वेक्षण प्रतिवेदन बदनियतपूर्ण, अवैज्ञानिक, गलत नियतबाट प्रेरित र हांस्यास्पद रहेको नेपाल मिडिया सोसाइटीले बताएको छ ।

बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै सोसाईटीले, प्रेस काउन्सिल नेपालले आँफै बोक्सी आँफै धामीजस्तो गरेर आफै सर्भेक्षण गर्ने र आफंै प्रतिवेदन तयार गरी आफंैले बुझ्ने अचम्मको विधि अपनाउंदै प्रतिवेदन सार्वजनिक गरेर हांस्यास्पद तमासा देखाएको बताएको हो ।
पत्रपत्रिका, टेलिभिजन, रेडियो र र अनलाइन गरी २० हजारभन्दा बढी आमसञ्चारमाध्यम क्रियाशिल रहेको र त्यसका करोडौं उपभोक्ता नेपाल र विदेशमा रहेकोमा जम्माजम्मी १७६ जनामा सर्भेक्षण गरी मुलधारको सञ्चारमाध्यमको तेजोबध गर्ने कुत्सित उदेश्यले प्रेरित कृत्य हो भन्ने ठहर गरेको सोसाइटीले जनाएको छ ।

काउन्सिलले नेपाल पत्रकार महासंघका अध्यक्षको संयोजकत्वमा गठित भनिएको सर्वेक्षण टोलीको कामले नेपाल पत्रकार महासंघको गरिमामय इतिहासमाथि समेत धव्वा लगाउने काम गरेको साथै सर्वेक्षण प्रणालीको प्राज्ञिक र वैज्ञानिक विधिको समेत हुर्मत लिएको बताएको छ ।

उक्त सर्वेक्षणले नेपाली मिडिया उद्योग र नेपालको स्वतन्त्र पत्रकारितालाई हतोत्साहित गर्ने नियत रहेको देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सर्वेक्षणमा सर्वेक्षणको सामान्य प्रचलन र मान्यताको समेत धज्जी उडाएर विधीको शासन र स्वतन्त्र पत्रकारिताको मर्ममा प्रहार गरिएको  नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेल द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदन अनर्गल कुराले भरिएको भन्दै त्यसकारण तुरुन्त रद्द गर्दै प्रेस काउन्सिल नेपालबाट नेपाली मिडियाकै हुर्मत लिने कार्य हुन पुगेकोमा क्षमा याचना गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group