ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको टेकुबाट एक हजार स्वाब परीक्षणका लागि हेटौंडा पठाईयो


एबीसी न्यूज
३० जेष्ठ २०७७, शुक्रबार   ११ : ४१   बजे

काठमाडौँ, ३० जेठ ।  कोरोना भाइरसको परीक्षणका लागि काठमाडौंबाट स्वाब हेटौंडा लगिएको छ । काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट कोरोना संक्रमणको परीक्षणका लागि एक हजार स्वाब हेटौंडा पठाइएको हो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक प्रयोगशालामा एक हजार स्वाब प्राप्त भएको र त्यसको परीक्षण शुक्रबारबाट सुरु गरिने भएको छ । ‘काठमाडौंको प्रयोगशालामा हजारौं स्वाब संकलन भएको रहेछ । त्यसको परीक्षणमा केही समय लाग्ने भएपछि एकहजार स्वाब हामीलाई प्राप्त भएको छ ।

हामी ल्याबमा थप टेक्निसियनको व्यवस्था गरेर २४ सैं घण्टा परीक्षण गर्ने तयारी अगाडि बढाएका छौं ।’, वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा। पुरुषोत्तम सेढाईंले बताउनुभयो । ल्याबमा यसअघि मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटको स्वाब परीक्षण हुने गरेको थियो ।

हाल ल्याब दैनिक १२ घण्टा सञ्चालनमा रहेको र करिब ९० वटा स्वाबको दैनिक कोरोना परीक्षण गरिरहेको उहाले बताउनुभयो । हालसम्म ल्याबमा २९ सय स्वाब परीक्षण भइसकेको छ । ‘हामीसँग अहिले ल्याबमा काम गर्ने पाँचजना जनशक्ति रहेका छन् । जनशक्ति थपेर दैनिक दुईसयभन्दा बढी स्वाबको परीक्षण गर्ने गरी तयारीमा गरेको डा। सेढाईंले बताउनुभयो । उहाका अनुसार हाल ल्याबमा एउटा मात्र मेसिन प्रयोगमा रहेको र केही दिनभित्र थप अर्को मेसिन जडान हुने समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

भोटेकोसी बाढी: नेपाललाई अन्तर्राष्ट्रिय साथ, भारतदेखि राष्ट्रसंघसम्म सहयोगको प्रतिबद्धता

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu