ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवसर गणतन्त्रले ल्याएको छ – नेकपा अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
३१ जेष्ठ २०७७, शनिबार   २ : १५   बजे


काठमाडौँ,  ३१ जेठ  ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर प्राप्त भएको बताउनुभएको छ । प्रतिनिधिसभामा संविधान संशोधन दोश्रो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले देशले राजतन्त्रको बेला गुमाएको भूमि अहिले गणतन्त्रको बेला फिर्ता लिने अवसर आएको बताउनुभयो ।

देशको राष्ट्रिय स्वार्थका विषयमा सधैँ मतैक्यता रहने गरेको भन्दै उहाँले यो सामूहिक विवेकको कुरा भएको र यसको लागि सरकार, सत्तारुढ र विपक्षी दलहरु तथा आम नागरिकलगायत सबै धन्यवादका पात्र रहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वाधिनताको सुदृढीकरण र भौगोलिक अखण्डताको रक्षाका लागि नेपालले सधैँ एकता प्रदर्शन गर्ने गरेको उहाँले स्मरण गर्नुभयो ।

प्रचण्डले सीमा विवादसहित दुई देशबिचको असमान सन्धिहरुबारे पनि नेपाल र भारतले बसेर टुङ्ग्याउनुपर्ने र वार्तामार्फत सहमतिमा पुग्नुपर्ने बताउनुभयो । कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेक विवादित क्षेत्र हुन् र यी विषय वार्तामार्फत समाधान गरौँ भन्नेमा नेपाल र भारत दुवैले स्वीकार गरिसकेकाले वार्तामार्फत नै समाधान निकाल्नुपर्ने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu