सुर्खेत, ३१ जेठ । कर्णाली प्रदेशमा थप ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेत र दैलेखका रहेका छन् । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा कोरोना सङ्क्रमण देखिको सामाजिक विकास मन्त्रालय अर्न्तगत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ सय १६ पुगेको छ । यसैवीच आजै ९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । उनीहरु सबै दैलेखका हुन् । प्रदेशमा कोरोनाबाट निको हुनेको सङ्ख्या ९१ पुगेको छ । अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्